मिति : २० कार्तिक २०८२, बिहीवार
तिथि : मंसिर कृष्ण प्रतिपदा
नक्षत्रः व्यतिपात कौलव भरणी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज तपाईँको कार्यक्षेत्रमा तपाईँको दक्षता र कार्यशैलीको प्रशंसा हुनेछ। पदोन्नति वा जिम्मेवारीमा वृद्धि हुन सक्छ। अध्ययनरत विद्यार्थीहरूले मेहनतको फलस्वरूप राम्रो सफलता प्राप्त गर्नेछन्। व्यापारमा साझेदार वा सहयोगीहरूको समर्थनले मनोबल बढ्नेछ। वैवाहिक जीवनमा स्नेह बढ्नेछ। पारिवारिक वातावरण पनि सुखद रहनेछ। महत्वपूर्ण निर्णयमा हतार नगर्नुहोस्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

अघिल्ला केही दिनदेखि रोकिएका कार्यहरू सहज रूपमा पूरा हुनेछन्। आर्थिक दृष्टिले लाभदायक समय आएको छ। व्यापारमा नयाँ ग्राहक वा अनुबन्ध प्राप्त हुने सम्भावना छ। तर, आर्थिक लेनदेनमा अत्यधिक विश्वास नगर्नुहोस्। घरपरिवारमा सानातिना कुरामा मनमुटाव हुन सक्छ, संयम अपनाउनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सामाजिक र बौद्धिक क्षेत्रमा तपाईँको योगदानको प्रशंसा हुनेछ। नयाँ योजना बनाउने वा साझेदारीमा प्रवेश गर्ने समय अनुकूल छ, तर योजनालाई गोप्य राख्नुहोस्। शेयर बजार वा लगानीमा सोचविचारपूर्वक निर्णय गर्दा राम्रो लाभ मिल्ने सम्भावना छ। प्रेम सम्बन्धमा न्यानोपन बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज परिश्रम र धैर्यले तपाईँका सबै बाधा पार गर्न मद्दत गर्नेछ। लक्ष्य प्राप्तिका लागि परिवारको समर्थन मिल्नेछ। तर स्वास्थ्यमा केही समस्या देखिन सक्छ, विशेषतः पाचन वा श्वाससम्बन्धी। माताको स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस्। अनावश्यक विवाद वा दौडधुपबाट टाढा रहनुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज तपाईँको व्यक्तित्व र बोलीले सबैको मन जित्नेछ। व्यापारिक वा पेशागत यात्राले सकारात्मक नतिजा ल्याउनेछ। अध्ययन, लेखन वा प्रतिस्पर्धात्मक क्षेत्रमा उत्कृष्ट प्रदर्शन सम्भव छ। परिवारमा खुसीको वातावरण रहनेछ र प्रियजनसँग समय बिताउने मौका मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज मानसिक तनाव बढ्न सक्ने सम्भावना छ। पारिवारिक वा सम्बन्धगत विषयमा मतभेद आउन सक्छ। सवारीसाधन चलाउँदा वा यात्रामा सतर्क रहनुहोस्। कार्यक्षेत्रमा केही ढिलासुस्ती हुन सक्छ, त्यसैले आलस्य त्याग्नुहोस्। स्वास्थ्यमा केही असहजता भए पनि विश्राम र आहारले सुधार ल्याउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

वैवाहिक सम्बन्धमा आपसी समझदारी र स्नेह बढ्नेछ। व्यापारिक साझेदारीबाट राम्रो लाभ प्राप्त हुनेछ। नयाँ आयस्रोत वा रोजगारको अवसर फेला पर्ने सम्भावना छ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ। आर्थिक स्थायित्वका लागि राम्रो समय आएको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

संसाधनको कमीले केही योजनामा बाधा आउन सक्छ, तर तपाईँको लगनशीलता र दृढ निश्चयले सफलता दिलाउनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्, अचानक रोग वा थकानले प्रभाव पार्न सक्छ। प्रतिस्पर्धीहरू सक्रिय भए पनि तपाईँको धैर्य र रणनीतिले विजय दिलाउनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

वादविवाद वा विवादित विषयहरूमा समाधानको बाटो खुल्नेछ। धार्मिक वा सामाजिक कार्यमा सहभागिताले मनमा शान्ति ल्याउनेछ। पेशागत रूपमा योग्यताको सम्मान हुनेछ। नयाँ जिम्मेवारी वा साहसिक कार्यमा हात हाल्ने समय अनुकूल छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

अध्ययन, अनुसन्धान वा लेखन क्षेत्रमा सफलता मिल्नेछ। सिर्जनात्मक सोचले नयाँ अवसर ल्याउनेछ। वरिष्ठ वा अधिकारी वर्गबाट सहयोग प्राप्त हुनेछ। पारिवारिक वा नातेदारको सहयोगले व्यापारमा प्रगति हुनेछ। आर्थिक अवस्था सुधारोन्मुख रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)**

व्यापार र पेशामा नयाँ अनुबन्ध वा विस्तारका अवसर आउनेछन्। सन्तानको सफलता वा उपलब्धिले हर्षित बनाउनेछ। कानुनी वा प्रशासनिक काममा तपाईँको पक्ष सबल हुनेछ। घरमा नातागोता वा मित्रहरूको आगमनले खुसी ल्याउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज आफ्नो सोच र दृष्टिकोणमा सुधार ल्याउनुहोस्। सकारात्मक ऊर्जा र आत्मविश्वासले सफलता दिलाउनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। यात्रामा निस्कँदा आफ्नो सामान र कागजात आफैं राख्नुहोस्। पारिवारिक सहयाेगले मनोबल बढ्नेछ।