
(वृद्धवृद्धाले भत्ता र कार्मचारीले तलव पाउने सम्भावना कम)
कृष्ण थपलिया/सर्लाही
असोज—६ गते । सर्लाहीमा नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि स्थानीय तहले आर्थिक कारोबार गर्न सकेका छैनन् । स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा बडा दशैमासमेत वृद्धवृद्धाले सामजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) नपाउने अवस्था सृजना भएको छ । यो अवधिमा विकास निर्माणलगायत काम ठप्प भएका छन् ।

जेनजी आन्दोलनका क्रममा आगजनी गरि खरानी पारिएका कार्यालय सामग्रीहरु खरिद गर्न पालिकाहरु असमर्थ भएका छन् । भौतिक पूर्वाधार पुनर्निर्माण प्रभावित भएका छन् ।
गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट कोष तथा लेखा नियन्त्रक कार्यालयमा समयमा नबुझाउँदा आर्थिक गतिविधि प्रभावित भई यस्तो अवस्था सृजित भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, सर्लाहीका प्रमुख कोष नियन्त्रक पुष्प प्रसाद गुरागाई भने, “नीति कार्यक्रम र बजेट गाउँ–नगरसभाबाट पारित भएको विवरण समयमा नआएकाले स्थानीय तहमा जाने रकम फुकुवा नभएको हो ।

गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट र गत आवको हिसाब मिलान भएको विवरण आउने वित्तिक्कै स्थानीय तहमा जाने रकम फुकुवा हुन्छ ।” गुरागाई भने । उनका अनुसार अहिले सम्म जिल्लाको लालबन्दी,बागमती र कौडेनाले मात्र विवरण बुझाएका छन् । “अव पाँच दिन मात्र कार्यालय खुल्छ,”दशै अगाडि जिल्लाका अन्य १७ वटा पालिकाको खाता सञ्चालनमा आउनेमा संकै छ,” प्रमुख कोष नियन्त्रक गुरागाईले चियोचर्चो दैनिकसंग भने,’ ।
चन्द्रनगर गाउँपालिका का अध्यक्ष राजकुमार महतोले पालिकाको खाता समयमै सञ्चालन नहुँदा दैनिक कार्यालय सञ्चालनमा समेत समस्या भइरहेको बताए ।

“विभिन्न योजनाका गत वर्षका भुक्तानी रोकिएका छन्,“दशैमासमेत वृद्धवृद्धाले सामजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउन सकेका छैन्न, शिक्षक कर्मचारीको तलब तथा चालु आर्थिक वर्षमा कार्यान्वयन गर्नुपर्ने योजनासमेत ञ्चालन गर्न सकिएको छैन,हामि दशै अगाडि खाता सञ्चालन गर्न प्रयासरत छौ,’अहिले तलव भत्ता खुवाउन मिल्ने गरि मात्र निणर्य लिएर आउन कोष तथा लेखा नियन्त्रन कार्यालयबाट भनिएको छ, हामि त्यसै अनुरुप गर्दैछौं”, अध्यक्ष महतोले भने ।उनले नयाँ प्रमुख प्रशासकीय अधिकृत आए पछि पूर्णरुपमा खाता सञ्चालनमा ल्याई चालु आर्थिक वर्षमा कार्यान्वयन गर्नुपर्ने योजनासमेत सञ्चालन गरिने छ ।









