मलंगवा ,असोज—१ गते । राष्ट्रिय मुक्ति क्रान्ती पार्टिले सदरमुकाम मलंगवा स्थित सहिद चोकमा ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । पार्टिका राष्ट्रिय अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री  राजेन्द्र महतो लगायतका नेताहरुको सहभागिता उक्त पार्टिले बुधवार साँझ दीप प्रज्वलन गरेको हो ।


यता लालबन्दीमा पनि  नेविसंघ जनज्योति इकाई समितिले लालबन्दी ७ स्थित कांग्रेस नेता सीताराम दाहालको घर अगाडि मौनधारण गरी दीप प्रज्वलन गरेको छ । दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तह र तप्काका नेताकार्यकर्ताको सहभागिता रहेको नेविसंघ जनज्योति इकाई सभापति सफल अधिकारीले चियोचर्चो दैनिकलाई जानकारी दिए ।


जिल्लामा अन्य विभिन्न संघसंगठनले पनि बुधवारनै देशका विभिन्न स्थानमा ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएका थिए ।


निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते जेनजीले समुहले देशैभरि आन्दोलन गरेका थिए ।

आन्दोलनका क्रममा हालसम्म देशक विभिन्न स्थिानमा गरि ७३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।