आज २०८२ असाेज २ गते बिहीवार, १८ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष द्वादशी तिथि। तिष्य नक्षत्र, ९ः०२ बजेपछि अश्लेषा।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
महत्वपूर्ण योजनाहरू पूरा गर्ने समय रहेको छ। राजनैतिक सम्पर्कले लाभ मिल्नेछ। व्यावसायिक यात्रा सफल हुनेछ। मित्रहरूको साथ मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
महत्वपूर्ण काममा सहकर्मीहरूको साथ पाइनेछ। मेहनतको अनुरूप फल मिल्ला| विवादित समस्याहरू सुल्झिनेछन्। आत्मबलमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला । खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधिकारीहरूको सहयोगले कार्य सम्पादन हुनेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। बोलीमा नियन्त्रण आवश्यक रहेको छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रियजनहरूबाट सहायता मिल्नेछ। नँया लगानी लगाउदा आतिएर निर्णय नलिनुहोल। सांस्कृतिक वा शुभकार्यमा सहयोगी भइएला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। व्यापारमा लगानी बढाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका लागि बुद्धि खर्चनुपर्नेछ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। प्रयत्न गर्दा सम्भावना खोजी गर्ने समय छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। व्यावहारिक पक्ष बलियो बन्नेछ। अड्केको धन मिल्नाले मन प्रसन्न रहनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
विवादित समस्याबाट टाढा रहनुहोस्। अरुको विश्वास जित्नलाई कार्य समयमा पूरा गर्नुहोस्। जरुरत पूर्तिको लागि संघर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ।