लालबन्दी,भदौ -१९,जनज्योति भूतपूर्व विद्यार्थी समाज र जनज्योति  एसएलसी ब्याच २०४९ को संयुक्त आयोजनामा लालबन्दी नगरपालिका  वडा नं. ११ स्थित  श्री जनता प्राथमिक विद्यालय सेतिभिर मा शैक्षिक सामग्री वितरण गरिएको छ ।


कार्यक्रममा अच्युत अधिकारीले लालबन्दी नगरपालिकाभित्रको स्कुलको दयनीय अवस्था रहेकोले नानीबाबुहरुको शैक्षिक उन्नतीका लागि शैक्षिक सामग्री वितरण गरिएको बताए ।


आवश्यकता  अनुसार यस्तो कार्यक्रमहरु लालबन्दी नगरभित्रका अन्य विद्यालयहरूमा पनि गरिने उनलेे बताए  । आउँदो जाडो मौसममा नानीबाबुहरुलाई जुत्ता, न्यानो कपडा पनि वितरण गरिने जनज्योति भूतपूर्व विद्यार्थी समाजले जनाएको छ  ।

समाजका अध्यक्ष राजकुमार न्यौपानेले नगरभित्रका विद्यालयहरूमा  निरन्तररुपमा जनज्योति भूतपूर्व विद्यार्थी समाजले यस्ता गतिविधि गरिरहेको र एसएलसी २०४९ का ब्याच दाजुहरुबाट प्राप्त यस्ता खाले सहयोगले थप हौसला बढाएको बताए ।
विद्यालयका प्रधानाध्यापक मिना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा समाजका अध्यक्ष राजकुमार न्यौपाने, उपाध्यक्ष रमा पौडेल, कोषाध्यक्ष चिरञ्जवी खतिवडा, एसएलसी ब्याच २०४९ को संयोजक अच्युत अधिकारी, दिवाकर बराल, दिलबहादुर श्रेष्ठ, छत्र खड्का, आजिवन सदस्य विश्व थापाको उपस्थिति रहेको थियो ।


कार्यक्रममा जनज्योति माध्यमिक विद्यालय, लालबन्दीका एसएलसी ब्याच २०४९ सहयोगी दाताहरुले दिएको रकमबाट स्कुल व्याग तथा शैक्षिक सामग्री खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको हाे