काठमाडौं, साउन -५, नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मान गरेका छन्।


४३औं बीपी स्मृति दिवसको अवसर पारेर कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित कार्यक्रममा सभापति सिंहलाई पार्टी पुस्तकालय तथा स्रोत केन्द्र सञ्चालनार्थ पुस्तक प्रदान गरेको भन्दै सम्मानपत्र प्रदान गरिएको हो।


कार्यक्रममा प्रमुख ,पार्टी सभापति देउवाले पुस्तकालय तथा अध्ययन केन्द्रको विकासमा सहयोग पु-याउने सबैलाई धन्यवाद व्यक्त गर्दै पार्टीलाई ज्ञान, अध्ययन र विचारको केन्द्र बनाउने प्रयासमा भएको योगदान सराहनीय रहेको बताए।


कांग्रेस सर्लाही क्षेत्र नम्बर–४ का युवानेता गजेन्द्र साहले सभापति सिंहले पार्टीको बौद्धिक पक्ष सुदृढ बनाउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरिएको बताए। कार्यक्रममा अन्य व्यक्तित्वहरूलाई पनि पुस्तकालय निर्माण तथा सञ्चालनमा सहयोग पुर्‍याएकोमा सम्मान गरिएको थियो।