
लालबन्दी, साउन ५ — जनज्योति भूपू विद्यार्थी समाजको सहजिकरणमा डेनमार्क कर्मक्षेत्र बनाइरहेका समाजका आजीवन सदस्य भुवनध्वज थापाले आफ्नो पितामाता स्व. धर्मध्वज थापा र स्व. मनमाया थापाको सम्झनामा श्री मनपुरण जनता मावि, लालबन्दी–३ मा एक लाख रुपैयाँ स्कुल सुधारको लागि सहयोग गरेका छन्।

उक्त कार्यक्रममा थापाले आगामी वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीलाई क्रमशः १५ हजार १० हजार र ५ हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
समाजसेवी थाले विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्रीसमेत सहयोग गरेका छन् ।

कार्यक्रममा लालबन्दी नगरपालिका वडा नं. ३ का अध्यक्ष बुद्धदेव चौधरी, जनज्योति भूपू विद्यार्थी समाजका अध्यक्ष राजकुमार न्यौपाने, पूर्व अध्यक्ष कृष्ण भण्डारी, लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष तथा समाजका आजीवन सदस्य अच्युत अधिकारी, समाजका उपाध्यक्ष रमा पौडेल, कोषाध्यक्ष चिरञ्जीवी खतिवडा, संस्थापक कोषाध्यक्ष रोशन बोहरा, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिका लगायतको सहभागिता रहेको थियो।

यस्ता किसिमका सहयोगले ग्रामीण क्षेत्रमा शिक्षा गुणस्तर वृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।










