सर्लाही,असार -३१,यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट   पाँच कुमार माविका पाँच जना विद्यार्थीलाई हरिपुर नगरपालिका वडा नम्बर  १ ले नगद दस हजार रुपैयाँसहित पुरस्कृत गरेको छ। विद्यालय प्रशासन शाखाका बेदप्रसाद गौतमका अनुसार २०८१ मा  सञ्चालन भएको एसइइ परीक्षामा ३.४ जिपीएभन्दा माथि ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको हो।


उत्कृष्ट नतिजा ल्याउने संघर्ष गौतम, शिव यादव, तीर्थराज श्रेष्ठ, ब्रज्ररंगी महतो र संगम रायलाई हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पजियारले  नगद पुरस्कार प्रदान गरे ।


विद्यालयले आयोजना गरेको पुरस्कार वितरण समारोह तथा विद्यालयको दिवा खाजा घर उद्घाटनमा हरिपुर  नं.–१ का वडाध्यक्ष नानीबाबू थापा, शिक्षा, सामाजिक तथा युवा शाखाका प्रमुख नागेश्वर राय, विद्यालयका प्रधानाध्यापक नारायण गौतम, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानबहादुर गोले, अभिभावक संघका अध्यक्ष शंकर थापा लगायतको उपस्थिति रहेको थियो।


एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याई त्यसै विद्यालयको कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई मात्र प्रोत्साहन स्वरूप नगद पुरस्कार प्रदान गरिएको बताएको छ।