काठमाडौँ,जेठ -२७, भवन निर्माणमा अनियमितताको आरोपमा सत्तारुढ दल नेकपा एमालेका मधेस प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठाकुरसहित १७ जनालाई प्रतिवादी बनाई विशेष अदालतमा मंगलवार मुद्दा दायर गरेको हो।


विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार सार्वजनिक सम्पत्ति हिनामिना तथा राज्यलाई आर्थिक हानि पुर्‍याएको अभियोगमा मधेस प्रदेशका प्रदेशसभा सदस्य ठाकुर, धनुषास्थित औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष व्रह्मदेव यादव, उपाध्यक्ष मिरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको दायर गरिएको हाे।


आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत औरही गाउँपालिकाको देउरीपरवाहमा निर्माण भइरहेको १५ शैय्याको अस्पतालमा  अनियमितता भएको पाइएको छ।
अनुसन्धानबाट संलग्न व्यक्तिहरूले अस्पताल निर्माणमा नियतवश अनियमितता गरी राज्यलाई ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ ९८ पैसा बराबरको  गरिएको आयोगले जनाएको छ।


यसअनुसार अख्तियारले उक्त रकम बराबरको  बिगो दाबी  गरि भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालतमा मुद्दा दायर गरेको हो।