सर्लाही,जेठ -११, जिल्लाकाे हरिवनमा हायु समाज नेपाल सर्लाही शाखाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ।
समाजका  सर्लाहीका अध्यक्ष कृष्ण बहादुर हायुको अध्यक्षता तथा हायु समाज नेपाल केन्द्रीय समिति अध्यक्ष लक्ष्मण हायुकाे प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हाे ।


कार्यक्रममा  रूपमा हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी तथा उपमेयर हरिमाया घलानको विशिष्ट आतिथ्यता रहेको थियो।
सम्मेलनले कृष्ण बहादुर हायु अध्यक्ष रहने गरिए सर्वसम्मत रूपमा ११ सदस्यीय जिल्ला कार्यसमिति  चयन गरेको छ। समितिका अन्य पदाधिकारीहरूमा शान्ता कुमार हायु – उपाध्यक्ष, रामबाबु हायु – कोषाध्यक्ष,आकाश हायु – सचिव,प्रदिप कुमार हायु – सहसचिव,दिपक हायु – सदस्य,नेत्रबहादुर हायु – सदस्य,उर्मिला हायु – सदस्य,प्रमिला हायु – सदस्य,सीता हायु – सदस्य र कामना हायु – सदस्य रहेका छन् ।


सम्मेलनमा  केन्द्रीय सचिव सुजन हायु, केन्द्रीय सदस्य करिना बालुम्जा हायु, सोम बहादुर हायु, मदन भण्डारी फाउण्डेसन सर्लाहीका अध्यक्ष चुडामणी वाग्ले, एमाले नेता रामप्रसाद घिमिरे, नेता उत्तम परियार, शिवेश्वर प्रा.वि.का प्रधानाध्यापक प्रदिप राई हायु, हरिवन १ का अध्यक्ष रामबाबु हायु,  ८ का वडा सदस्य उत्तम हायु, जनजाति महासंघका कोषाध्यक्ष शान्ता हायु तथा युवा नेता चक्र हायुको आतिथ्यता रहेको थियो ।


सम्मेलनमा प्रमुख अतिथि लगायतले नयाँ  पदाधिकारीहरूलाई सफल कार्यकालको  शुभकामना व्यक्त गरेका थिए। आकाश हायुले सञ्चालन गरेको कार्यक्रममा  करिना बालुम्छा हायुले स्वागत मन्तव्य राखेका थिए ।