![]()
काठमाण्डौं,चैत -२०, देशभरिका शिक्षकहरू अहिले काठमाण्डौ केन्द्रित भएर प्रदर्शन गरेका छन् ।

शिक्षकहरूले बुधवार काठमाण्डौको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरे । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन ।

शिक्षक महासङ्घको आयोजनामा भएको प्रदर्शनमा काठमाण्डौका विभिन्न ठाउँबाट निस्किएको र्याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको थियो ।

उनीहरू अधिकार र कर्तव्यका लागि शिक्षक एकता, मेरो आन्दोलन मेरो सहभागिता, शिक्षण पेशालाई सम्मान गर, शिक्षक महासङ्घ जिन्दावाद, हाम्रा माग पूरा गर, शिक्षा ऐन जारी गर लेखिएकाे प्लेकार्ड बोकेर अनिश्चितकालीन प्रदर्शनमा निस्किएका हुन ।

आन्दोलनलाई शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि निर्णायक हुने उनीहरूकाे विश्वास छ ।









