![]()
काठमाडौं,चैत -१०,नेपाली कांग्रेसका सभापित एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा राजसंस्था फर्कन नसक्ने बताएका छन् ।

उनलेे गणतन्त्रको रक्षार्थ एकताबद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

पार्टीको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राजसंस्था बोकेर हिँडिरहेको राप्रपा पछुताउने बताए। उनले ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव समेत दिए।

उनले पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्न लायक नरहेको टिप्पणी गरे ,‘ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन्। राप्रपाले पार्टी सभापति बनाए हुन्छ। राप्रपा पनि पछि पछुताउँछ।’ उनले भने, ‘पूर्वराजाले राजनीति गर्ने भए पार्टी खोलेर आए हुन्छ। त्यो पार्टीमा लाग्नेले पनि दु:ख पाउँछ, राप्रपाले पनि पछि दु:ख पाउनेवाला छ।’ देउवाले भने ।









