सर्लाही,फागुन –१३,  नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ मधेश प्रदेश सभापतिमा महासमिति सदस्य समेत रहेका  शेष शाहदुल्लाह सर्वसम्मत  चयन भएका छन् ।


साेमवार साँझ जिल्लाको हरिपुरमा सम्पन्न प्रथम मधेस प्रदेश अधिवेशनले तदर्थ समितिका सभापति समेत रहेका शाहदुल्लाहलाई सर्वसम्मत  सभापति चयन गरेको हाे।


सर्वसम्मत चयन नयाँ कार्य समितिका अन्य पदाधिकारीहरूमा सारदा पन्त खातुन उपाध्यक्ष,(धनुषा )माे. जलाउदिन उपाध्यक्ष (सिराहा ) माे. अख्तर रेजा उपाध्यक्ष (धनुषा ) मन्जु आरा सचिव (सर्लाही ) फैन अ अन्सारी सचिव (बारा) माे नुरूल काेषाध्यक्ष (धनुषा ) करिम शेष सहसचिव ( सप्तरी ) रहेका छन् ।


त्यस्तै कार्य समिति सदस्यहरूमा कसिमा खातुन,माे अहमद रेजा,अताबुल नदाफ,पल्टु कवारी,मुगले आजम मन्सुर,अलाउदिन मियाँ ,अलि हसन ,मन्जुर शेष,माे युसुफ,माे उम्मर अलि,माे. अयुव राइन,मुजिबुल राइन,माे.जियाउल राइन र जियाउल रहेका नेपाली कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीले जानकारी दिए ।


अधिवेशनको हिजो(साेमवार) दिउँसो नेपाल सरकाका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए।