
सर्लाही,माघ-२८,सर्लाहीमा एक उदाहरणीय आदर्श विवाह सम्पन्न भएको छ । सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर – ७ निवासी उज्ज्वलराज साह र हरिपुर निवासी आँचल सरकार बीच माघ २५ गते दहेज बिणा नै अन्तरजातीय र आदर्श विवाह सम्पन्न भएको हो ।

समाजमा अहिले बिकृतीको रुपमा मौलाएको भागी विवाह र दाइजो प्रथालाई चुनौती दिँदै यो विवाह भएको हाे । यो अन्तरजातीय र आदर्श विवाहले सर्लाहीका स्थानीय समाजमा नयाँ उदाहरण प्रस्तुत गरेको छ।
मधेश क्षेत्रको परिप्रेक्ष्यमा जातपातका कारण विवाहमा प्रायः विवाद उत्पन्न हुने गरिएको अवस्थामा, यस विवाहले जातीय भेदभावलाई अन्त्य गर्ने र समाजमा समानता र एकताको सन्देश दिएको तथा उमेर नै पुरा नभइ भागेर युवा युवतीले. गर्ने विवाहलाई सकारात्मक संदेश विवाहले दिएको पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद साहले बताए ।
उज्ज्वल सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको लर्ड ब्राइट स्कुलका टपर विद्यार्थी हुन । उनी टपर भएपझ विद्यालयले उनको फोटो बिद्यालयमा समेत राखे पछि आँचलले समाजिक सञ्जाल मार्फत साथी बनाएका थिए ।
पछि उनिहरुको परिवारिक भेटबघाट पनि हुन थाल्यो दुुइ परिवार पनि नजिक भए । दुुई परिवार नजिक भएपछि उज्जवल र आँचलको परिवारको सहमतीमा बिना दाइजो बिहेको कुुरा छिनियो।
अहिले उज्जवल र आँचल आदर्श विवाहको उदाहरण बनेको छ, जसले समाजमा प्रचलित जातीय भेदभावलाई अन्तय गरेको संदेश दिएको छ । आँचल बंगाली कायस्थ हुन भने उज्जवल व्याहुत कलवार हुन ।

देशको वर्तमान सम्बिधान र कानुनको पालना गर्दै समाजको कुरीती भागेर गरिने अन्तर जातीय विवाह र दहेज प्रथाको विरुद्धमा सामाजीक मार्यादालाई सम्मान गर्दै दुुई परिवारको सहयोग र समर्थनमा सौहादपुर्ण वतावरणमा शुभ विवाह कार्यक्रम सम्पन्न भएको बेहुलीको बुवा माधव सरकारले बताए । आँचल नेपालमा ब्रिटिस कलेजमा एमबीएमा दोश्रो वर्षमा अध्यनन रत छिन भने उज्जवलले अमेरीकाबाट सफटवेयर इन्जिनियर(आइटी) गरेका छन । उनिहरुको अमेरीकामा ग्रिन कार्ड समेत बनि सकेको छ ।
विवाहमा विशेष भूमिका निभाएका थिए बेहुलाको बुवा भरत साह र बेहुलीको बुवा माधव सरकारले। उनीहरूको महत्वपूर्ण समर्थन र सहकार्यले विवाहको प्रक्रिया सहज र सम्मानजनक बनाएको थियो। भरत साह र माधव सरकारले विवाहका संस्कार र परम्परालाई सँगै अपनाउने निर्णय लिएर परिवार र समाजको लागि सकारात्मक सन्देश पुर्याएका छन्।
मधेशमा विवाहका क्रममा जातपातको विषय प्रायः एक ठुलो विवादको कारण बनिरहेको हुन्छ। यद्यपि, यस विवाहले जातीय भेदभावको पर्खाललाई तोड्न र समानताको आधारमा एक–अर्काप्रति सम्मान राखेर विवाह गर्ने एक उदाहरण प्रस्तुत गरेको छ।
यसले समाजमा रहेको परम्परागत सोचलाई चुनौती दिने काम गरेको छ। आदर्श विवाहको रूपमा यसलाई लिने व्यक्तिहरूको भनाइ छ कि, जातीय भेदभाव र सामाजिक विभाजनका कारण धेरै युवाहरूको प्रेम र समर्पणलाई खारिज गरिन्छ, तर उज्ज्वल र आँचलको विवाहले त्यस्तो सीमालाई पार गर्दै प्रेम र सामाजिक समरसतामा विश्वास राख्ने नयाँ मार्ग प्रशस्त गरेको छ।
सार्वजनिक दृष्टिकोणमा यो विवाहले समानता र एकताको भावना थप गरेको छ। यस विवाहको सफलताले अन्य स्थानहरूमा पनि अन्तरजातीय विवाह र आदर्श विवाहको प्रवृत्ति फैलाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।
यस विवाहले समाजमा व्यापक सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ। समाजका विभिन्न वर्गहरू, विशेष गरी युवापुस्ताले यस विवाहलाई एक उदाहरणको रूपमा लिइरहेका छन्, जसले जातीय र सामाजिक भेदभावका विरुद्ध आवाज उठाउन र एकता र प्रेमको मूल्य बुझ्नमा मद्दत पुर्याउँछ।

यस प्रकारका विवाहले मधेश क्षेत्रका परम्परागत सोचलाई बदल्ने अवसर दिन्छ र समाजमा समानता र परस्पर सम्मानको भावना बढाउँछ। यस्ता विवाहले परम्परा र आधुनिकताको सन्तुलन कायम राख्नका साथै समाजलाई एकताबद्ध बनाउन ठूलो भूमिका खेल्ने विश्वास राख्न सकिने बिहेमा सहभागी भएका व्यक्तिहरुको भनाइ छ।
विवाहमा पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्र राय, संविधान सभा सदस्य रामचन्द्र चौधरी, रिजवान अंसारी, रंजना सरकार, नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साह, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापती नागेन्द्र राय, हरिपुरका नगर प्रमुुख गोपाल पजियार लगायत जिल्ला भरीकै विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।









