सर्लाही,माघ-१९, नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल भुतपुर्व सैनिक संघ सर्लाहीको चाैथाे जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा लालबन्दी ६ स्थित पुरानो नगरपालिकाकाे सभाहलमा अधिवेशन सम्पन्न भएको हाे ।
अधिवेशनले पदम बहादुर श्रेष्ठ अध्यक्ष रहने गरि ३५ सदस्य नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेकाे छ।
अधिवेशनमा , निवर्तमान अध्यक्ष कर्नेल धनबहादुर मास्की , संविधानसभा सदस्य तथा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ,नेपाली कांग्रेस सर्लाहीका उपसभापति डाक्टर सराेज कुमार,केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि टाेप बहादुर मल्ल,प्रेम मास्की राना ,लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, ईश्वरपुर नगरपालिका का प्रमुख मनाेज कुमार आचार्य, मधेस प्रदेश सदस्य रामबाबु साहको विशिष्ट आतिथ्यता रहेको थियो ।
अधिवेशनमा भूमि समस्या समाधान आयाेगका सर्लाहीका प्रमुख मदन विश्वकर्मा , नेपाली कांग्रेस सर्लाहीका सहसचिव इन्द्र याेन्जन,नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -१ (ख) का सभापति सीताराम दाहाल,कांग्रेस नेता जय प्रकाश मल्लिक,पम्फा लामा, रेडक्रस हरिपुरका सभापति चन्द्रिका साह,धर्म लाल राय , टमबहादुर लामा लगायतको आतिथ्यता रहेको थियो।
नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारीहरूलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह लगायतका अतिथिहरूले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।
अधिवेशनले जिल्ला कार्य समितिका लागि नयाँ नेतृत्व चयन गर्नुकासाथै केन्द्र र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ।