सर्लाही,माघ-१२,नेपाल निजामति कर्मचारी संगठनको १२ औं जिल्ला अधिवेशन शनिवार जिल्लाकाे लालबन्दीमा  सम्पन्न भएको छ। अधिवेशनले १३ सदस्यीय  जिल्ला समिति चयन गरेको छ।
समितिको अध्यक्षमा पुनः  बैकुण्ठ सापकोटा चयन भएका छन् ।

अन्य पदाधिकारीहरुमा खुला उपाध्यक्षमा गौरब खड्का, महिला उपाध्यक्षमा लक्ष्मी आचार्य, सचिवमा हरिकृष्ण मैनाली, सह-सचिवमा निर्मल पोखरेल र कोषाध्यक्षमा भिम विक चयन भएका छन्।


त्यसैगरी सदस्यहरूमा भीष्म भट्टराई, रामओैतार साह, सुदिप महतो, कुमार नेपाली, रूपेश चौलागाई, पदम लाेप्चन र चुलाई राय  चयन भएका छन्।


नव गठित समितिका पदाधिकारीको तीन  वर्षको कार्यकाल रहनेछ। संगठनलाई थप सशक्त बनाउने र कर्मचारीहरूको हक अधिकार स्थापित गर्ने संगठन लागि पर्ने अध्यक्ष सापकोटाले जानकारी दिए  ।