जनकपुरधाम, माघ-१०, मधेश प्रदेश सरकारका पूर्व मुख्यमन्त्री सरोज यादवले बर्तमन सरकारले आफूहरूले अघि बढाएको महत्त्वपूर्ण कामलाई निरन्तर नदिएको आराेप लगाएका छन् ।


उनलेे मधेस प्रदेश सभाको शुक्रवार सम्पन्न बैंकमा आफ्नै कार्यकालमा पूर्व स्वास्थ्यमन्त्री वीरेन्द्र प्रसाद सिंहले प्रादेशिक अस्पतालहरूकाे स्तर वृद्धि गराएको स्मरण गर्दै, त्यतिबेलै मन्त्री सिंहले जनशक्ति व्यवस्थापनकाे कार्य अघि बढाएको भएपनि वर्तमान सरकारले राेकेकाे आराेप लगाएका हुन ।


उनले मधेस मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि तत्कालीन स्वास्थ मन्त्री सिंह र आफ्नै प्रयासमा स्थापना गरि एमबिबिएसकाे पठनपाठन सुरु गराएको बताए ।


मन्तव्यकाे धेरै समय पूर्व स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंहले तत्कालीन अवस्थामा गरेको कार्यकाे प्रसंसामा खर्चियका पूर्व मुख्यमन्त्री यादवले अस्पतालहरूमा अहिले जनताले सिटामाेलसमेत पाउन छाडेको बताए ।


नेपाली कांग्रेसका मधेस उपसभापति एवम् पूर्व स्वास्थ मन्त्री वीरेन्द्र प्रसाद सिंहले सदनमा टेवल भएको भाषा सम्बन्धी अपूर्ण विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका थिए ।


उनलेे मधेश प्रदेशमा वसोवास गर्ने सम्पूर्ण जातजाति र भाषाभाषीको सम्मान र अपनत्व महसुस हुने विधेयक ल्याउन सरकारसंग माग गरेका थिए ।