जनकपुरधाम ,माघ-६, मधेश प्रदेश सरकारले जनकपुरको मधेश भवन परिसरमा वृक्षारोपण गरे छ ।
सहिदहरूकाे सम्झनामा आज आइतबार बिहान मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा २५ वटा बिरुवा राेपिएकाे हो।


हिजो माघ ५ गते बलिदानी दिवसकाे अवसर पारेर प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रमका साथ साँझ दिपावली गरिएको थियो। सोही स्मरणमा आज शहीदहरुप्रति सम्मान व्यक्त गर्दै वृक्षारोपण गरिएको हाे ।


बलिदानी दिवसको अवसरमा केही दिनयता विभिन्न कार्यक्रम गर्दै आएकाे गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिए ।
शहीदहरुप्रति सम्मान व्यक्त गर्दै, शहीदहरुको चीर शान्तिको कामना गर्दै मधेश भवन परिसरलाई स्वच्छ,हराभरा बनाउन वृक्षारोपण कार्यक्रम गरिएको मन्त्री लेखीले जानकारी दिए।शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउन व्यापकता र प्रभावकारी बनाउनु पर्ने उनको धारणा छ ।

उनले शहीद प्रतिष्ठानलाई समयानुकूल बनाउन आफू प्रतिबद्ध रहेको बताए ।