रामबाबु खड्का
माघ-२,नेपाली चलचित्रको बजार यतिबेला ओरालो लाग्दो अवस्थामा रहेको छ। मंसिरपछि प्रदर्शनमा आएका धेरै नेपाली चलचित्रले लगानी उठाउन सकेका छैनन्।
गएको भदौ महिनाबाट तातिएको चलचित्रको माहोल विस्तारै सेलाउदै गएपछि निर्मातालाई लगानी उठान मुस्लिम परेको हो। चलचित्र ´खुस्मा` ले तताएको सिने बजार चलचित्र तेलभिजा आईपुग्दा क्रमशः सेलउन थालेको हो।


यस वर्ष सबै भन्दा लामो समय हलमा टिक्ने र राम्रो आम्दानी गर्न सफल चलचित्र पुर्णबहादुरको सारंगी बन्यो ।चलचित्रमा विजय बराल र अञ्जना बराइली मुख्य भुमिकामा थिए।
राजधानी लगाएत बाहिरका धेरै हलले शो पाएपनि दर्शक नपाउदा चलचित्र हलमा तीनदिन भन्दा बढी टिक्न सकेका देखिदैन।
भारती चलचित्र पुष्पा २ ले राम्रो कमाइ गरेपनि त्यसभन्दा पछि हलमा लागेका फिल्म धेरै दिन टिक्न सकेका छैनन् । मंसिरमा कुनै नेपाली चलचित्र प्रदर्शनमा नआएपनि पुस महिना प्रदर्शनमा आएका दुई चलचित्र देबवाणी र कार्साङले सोचे अनुसारको दर्शक तान्न सकेन।


बाबुसाहेब बलामी निर्देशित फिल्म ‘देववाणी’ मंसिर ७ गतेबाट प्रदर्शनमा आएको थियोे ।करिब ६ करोड भन्दामाथि लगानीमा बनेको चलचित्रले लगानी उठाउन सकेन।
भारतीय र नेपाली कलाकार रहेको चलचित्रमा कलाकार कुन्दन भारद्वाज र अनुजा लेप्चा मुख्य भुमिकामा थिए। फिल्ममा पुराना र नया अनुहारका कलाकार सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेल रहेका थिए।
त्यसैगरी शेर्पा समुदायको कथा बस्तुमा आधारित चलचित्र कार्साङ अहिले प्रदशनमा छ। यस चलचित्रको मुख्य भुमिकामा दयाहाङ राई ,सिर्जना नेङखु, जितु नेपाल ,दया मास्के लगायतका कलाकार छन।
यस चलचित्रले पनि अपेक्षा अनुसारको ब्यापार गर्न सकेको देखिदैन। यी चलचित्रले अहिलेसम्म कति ग्रसकलेक्सन गरे सार्वजनिक गरेका छैनन् ।


मंसिर र पुसमा नेपाली चलचित्र कमैमात्रामा प्रदर्शन भएपनि माघदेखि धेरै चलचित्रले प्रदशनको मिति तय गरेका छन। माघ ११ गतेबाट नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र मिटिङ केटी हराएको सूचना प्रदान हुने भएको छ । त्यसैगरी माघ १६ गतेदेखि चलचित्र एक्टर प्रदर्शनमा आउने भएको छ।यस चलचित्रमा प्रदिप खड्का र दिब्या रायामाझीको मुख्य भुमिका छ।चलचित्र एक्टरमा चर्चित नायक दिलीप रायामाझीकी छोरी दिब्याले डेब्यु गरेकी छिन।
त्यसैगरी माघ २५ मा दुई चलचित्र सारंग प्रदशनमा आउने भएका छन। चलचित्र सारंगको मुख्य भुमिकामा नायिका ऋचा शर्मा, उत्पल झा, बालकलाकार सम्राट थापा र आदित्य कार्की छन।चलचित्रको निर्देशन प्रशान्त तामाङले गरेका हुन।
त्यसैगरी चलचित्र जुनाको मुख्य भूमिकामा अस्मिता ढकालले अभिनय गरेकी छन् । अनमेल विवाहले नारीको जीवनमा पर्ने असरको कथावस्तु फिल्ममा छ ।
त्यसैगरी फागुन २ गतेदेखि चलचित्र वसन्त र रंगी ले प्रदर्शनको मिति सार्वजनिक गरेका छन।चलचित्र वसन्तमा कलाकार स्वस्तिमा खड्का र प्रकाश सपूत छन।
विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उनले गरेको संघर्षलाई चलचित्रको कथा पर्दामा देखाएको छ।