सर्लाही,पुस-२९, नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय समशेर राणाले रवि लामिछाने विरुद्ध राजनीतिक रुपमा कांग्रेसले आक्रमण नगरेको बताएका छन् । उनलेे सहकारी हिनामिना गर्ने व्यक्तिलाई कार्वाहीकाे दायरामा ल्याउन र सहकारीलाई व्यवस्थित गर्न कांग्रेसले सहकारी पिडीतको आवाज बन्ने प्रयास गरेको बताए ।
मध्यम बर्गको लागि सहकारीको आवश्यकता रहेको उनको तर्क थियो। उनले सर्लाही कांग्रेसका नेताहरूकाे लागि सम्भावना भएको जिल्ला भएको बताए । जिल्लाको विवाद केन्द्रमा नल्याउन आग्रह गर्दै केन्द्रीय सदस्य राणाले यहीँ बिबाद मिलाउन सके सर्लाहीमा कांग्रेस बलियो हुने विश्वास व्यक्त गरे।


नेपाली कांग्रेस सर्लाही क्षेत्र नं १ (ख)काे आयोजनामा नेपाली कांग्रेसका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै,पूर्व अर्थ राज्यमन्त्री समेत रहेका केन्द्रीय सदस्य राणाले प्रदेश र संघीय सरकारमा स्थिर नभएको र बिकासले गति लिन नसकेकाले पनि दुई ठुला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन बाध्य भएको बताए ।
गठबन्धन बनाउनुको मुख्य उदेश्य स्थिर सारकार बनाउने भएको उनले बताए । उनलेे ६-६ महिनामा मै सरकार ढल्ने गरेकाले विकास निर्माणको काम शुस्त भएको बताए । एमाले र कांग्रेस गठबन्धन गर्ने मानसिकता कहिले थिएन , उनलेे भने । स्थिर सरकारको निम्ति दुई ठुला दल मिल्नुकाे बिकल्प रहेन ।


मधेस केन्द्रित दलको बदमासीका कारण पनि तराई मधेश द्रुत मार्ग र निजगढ अन्तर्राष्ट्रिय विमान स्थल बन्न नसकेको उनको तर्क छ ।
नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति तथा पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले तीनवटा कारणले पार्टी कार्यकर्तामा निराश सृजना गरेको बताए । उनले गुटउपगुट,विधानको पलना नहुने र चारतारे झण्डा मनपर्ने तर रूख चिन्ह मन नपर्ने कारणले अहिलेकाे अवस्थामा आएको बताए । उनले २०७९ साल कार्तिक २८ गते आजभन्दा अढाइ वर्ष अघिनै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै जिल्ला अनुशासन समितिले निस्कासन गरेको व्यक्ति अहिले म उपसभापति हु भन्दै हिडेकाे बताए । त्यस्ता व्यक्तिलाई पार्टी विधानअनुसार नगरिए चारतारे झण्डा बाेकेर लाभ लिने र पार्टीकाे चुना चिन्हमा भाेट नहाल्ने उम्मेदवार विरूद्ध अन्तरघात गर्ने क्रम नराेकिने तर्क गरे ।
कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ , मधेस प्रदेश सांसद जंगिलाल रायले पार्टी अधिवेनकाे तिक्तता ५ वर्ष सम्म रहनेर यसले तीनै तहको निर्वाचन प्रभावित पर्ने भएकाले समयमै पार्टी अधिवेशन गर्न नेतृत्वलाई सुझाव दिए ।


नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -१ ( ख) सभापति सीताराम दाहालकाे सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किसोर सिंह,मधेस प्रदेश समिति सदस्य महिला नेतृ साेनी कुरारी बम्जन , सर्लाही उपसभापति डाक्टर सराेज कुमार ,क्षेत्रीय सभापति हरि बहादुर लुंगेली,मधेस प्रदेश स्वास्थ्य विभाग प्रमुख शर्मिला थापा लगायतका वक्ताहरूले पार्टीको समसामयिक राजनीतिक अवस्थाका बारेमा आ-आफ्नो धारणा राखेका थिए।
कांग्रेस नेता कुबेर आचार्यले स्वागत मन्तव्य राखेकाे कार्यक्रम नेपाली कांग्रेसका महासमिति सदस्य ,महाधिवेशन प्रतिनिधि ,जिल्ला कार्यसमितिका पदाधिकारीहरू क्षेत्रीय प्रतिनिधि ,भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा पदाधिकारी हरूकाे सहभागिता रहेको थियो । सहभागीले पार्टी नेतृत्वलाई सांगठनिक अवस्था सुधार लगायतका विषयमा सुझाव दिएका थिए ।