सर्लाही,पुस-१७ तीब्र गतिको बस पल्टेर मान्छेमाथि बजारिँदा सर्लाहीमा एक शसस्त्र प्रहरी निरीक्षकको ज्यान गएको छ ।
मृत्यु हुनेमा बलरा नगरपालिका ९ छटौना स्थित बोर्डर आउट पोष्ट(विओपी) मा कार्यरत शसस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधर रहेका छन् ।
गएराती करिब ९ बजेको समयमा विओपी अगाडि ड्यूटिमा बसिरहेका उनलाई बागमती प्रदेश ०१–००६ख २००४ नम्बरको राजदेवी बस पल्टिएर प्रहरी निरीक्षकमाथि बजारिएको थियो । पल्टिएको बसले किच्दा तुलाधर गम्भीर घाईते भएका थिए । उनलाई डोजरको सहायताले निकालेर उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए ।
घटना थहापाए लगतै पुगेको प्रहरीले बसका चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । ४२ वर्षीय तुलाधरको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
मृतक तुलाधारको स्थायी वासस्थान काठमाडौँ महानगरपालिकामा रहेको छ ।
तुलाधरको शवलाई आजै काठमाडौँ पु¥याउने तयारी छ । ड्युटी सकेर क्याम्प फर्किने तयारीमा रहेको बेला इन्सपेक्टर तुलाधारलाई क्याम्प अगाडि नै बसले किचेको सोही क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान प्रिन्स शर्माले जानकारी दिए । बसमा सवार यात्रुको अवस्था भने सामान्य रहेकोे छ ।