सर्लाही.पुस -१४,  जिल्लाको ईश्वरपुर नगरपालिकामा  मोटरसाइकलहरू आपसमा जुदेेर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा ना३९प ७१६८ मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–१०,बेलाका ५० वर्षीय राजेश चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय केशरगन्जका अनुसार  चौधरीलाई उपचारका लागि  प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएकाेमा  चिकित्सकले मृत घोषणा गरेका थिए ।
गएसाँझ फुलजाेर -बबरगन्ज सडक अन्तर्गत ईश्वरपुर -७ मा बयलवासबाट खोरिया टोलतर्फ जाँदै गरेको बीआर ३० एफ ८८५६ नम्वरको मोटरसाइकल  विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७१६८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।


दुर्घटनामा बीआर ३० एफ ८८५६ नम्बरको अर्को मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–९ खोरिया टोल बस्ने ३७ वर्षीय सुशीलकुमार राय दनुवार भने घाइते भएका छन्।

उनकाे बयलबासमै रहेको  सिद्धिविनायक अस्पतालमा उपचार भएको  प्रहरीले जनाएको छ।मृतकको शव भने पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।