सर्लाही,पुस -३,ईलाका प्रहरी कार्यालय लालबन्दीकाे टाेलिले २ सय २० बाेरा रासायनिक मल युरियासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरीले जिल्लाकाे लालबन्दी नगरपालिका वडा नम्बर – १ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको अगाडी पूर्व पश्चिम राजमार्ग सडक खण्डबाट बुधवार राति बिहानी पख १:३० बजेको समयमा रासायनिक मल युरियासहित ट्रक नियन्त्रणमा लिएको हाे ।
ट्राफिक प्रहरी समेतको सयुक्त टोलीले सडकमा आवत जवात गर्ने सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा लालबन्दीबाट नवलपुर तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१ ख १६०० नम्बरको ट्रक रोकी चेकजाँच गर्दा उक्त ट्रकमाबाट बिलबिजक नभएको नेपाल सरकारबाट अनुदानित रासायनिक मल बरामद गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएको रासायनिक मलमा इंडियन पोटाश लिमिटेड चेन्नाई लेखिएको छ ।
बरामद गरीकाे रासायनिक मलसहित ट्रकलाई आवश्यक कारवाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएकाे ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।