
झापा,मंसिर—१२, झापामा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
पूर्व– पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको सवारी दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललित बहादुर थापाको मृत्यु भएको हो।

घाइते भएका थापालाई विपरीत दिशाबाट आएको जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ । जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।










