सर्लाही,मंसिर -११,जिल्लाको लालबन्दीमा उखु खेति प्रवर्द्धनका लागि कृषकहरुको सिपमुलक आय अभिवृद्धि कार्यक्रम गरिएको छ ।
नेपाल फार्मर्स एड्भाईजरि काउन्सिल प्रा.लि. सिनामंगल काठमाण्डौँको आयोजना तथा द नेपाल डिस्ट्रिलरिजरिज प्रा.लि.बालाजु काठमाण्डौँको आर्थीक सहयोगमा कार्यक्रम आयोजना गरिएको हाे ।
नेपाल कृषि अर्थशास्त्र समाजका सभापति तथा नेपाल सरकारका पूर्व सचीव डा. योगेन्द्र कुमार कार्कीकाे अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको आयोजक संस्थाका काजीराम श्रेष्ठले जानकारी दिए ।
लालबन्दी नगरपालिकाको वडा नम्बर ६ मा रहेको होटल युनाईटेडमा भएको कार्यक्रममा सर्लाहीसहित धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सा जिल्लाका ४० जना अगुवाहरु उखु किसान सहभागी भएका थिए ।
कार्यक्रममा सहभागीहरुलाई नेपालमा उखु खेतिको महत्व र सम्भावना, उखु बालीका प्रमुख रोग र किराहरु तथा तिनको ब्यवस्थापन, खुट्टि बालीको महत्व तथा ब्यवस्थापन र मलखाद, उखुका उत्कृष्ट जातहरु त्था उन्नत उत्पादन प्रविधि लगाएतका बिषयमा नार्कका बिज्ञहरुले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा धेरै उखु खेति गर्ने उत्कृष्ट किसानको रुपमा केहि उखु किसानहरुलाई प्रोत्साहन पुरस्कार समेत प्रदान गरिएको थियो ।
नेपालमा बिस्तारै उखु खेति गर्ने किसानको संख्या घट्दै गईरहेको अवस्थामा उनिहरुलाई नयाँ प्रजातीका बिउ बिजन, खेति गर्ने नयाँ – नयाँ प्रविधि तथा तरिकाको बारेमा जानकारी दिँदै उखु खेति प्रति आकर्षित गर्नका लागी कार्यक्रमको आयोजना गरिएको नेपाल कृषि अर्थशास्त्र समाजका सभापति तथा नेपाल सरकारका पूर्व सचीव डा. कार्कीले जानकारी दिए । त्यसैगरि नेपालमा रमजन्य पदार्थ उत्पादनका लागी उखु अनिवार्य आवश्यक पर्ने, त्यसको लागी हाल भारतको भर पर्नु पर्ने अवस्था रहेकोले नेपालको पैसा बाहिर जानबाट रोक्ने उद्देश्यले यो कार्यक्रमहरु आयोजना गरिएको द नेपाल डिस्ट्रिलरिजरिज प्रा.लि.का प्रमुख प्रशासकिय अधिकृत तथा नेपाल सरकारको पूर्व सह–सचीव जनकराज रेग्मिले जानकारी दिए।
कार्यक्रममा लालबन्दी नगर प्रमुख अधिकारीले यस्तो कार्यक्रम आयोजना भएकोमा आफुलाई अत्यन्तै खुसि लागेको बताए। मेयर अधिकारीले आफुहरूले पनि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम रखेकाे बताए ।