CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाण्डौ,मंसिर–१०, हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको छ ।


नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मङ्सिर २ गते हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।


महिला विरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस नोभेम्बर–२५० मा सुरु भई अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०)का दिन यस १६ दिने अभियान समापन हुने गर्छ । सन् १९९१ मा महिलाको विश्वव्यापी नेतृत्व रुपी संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन् ।