
सर्लाही,मंसिर -१, जिल्लाको विष्णु गाउँपालिका–४ पहिवेलमा भएको आगलागीबाट झण्डै १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार गए राति करिब १ः३० बजे परालको टौवामा अचानक आगलागी हुदा स्थानीय ५ जनाको गोठघर र पराल जलेर नष्ट भएको हो।

आगलागी बाट वडा नं. ४ बस्ने मेवालाल बैठा, बैनाथ बैठा ,रघुनाथ बैठा, शिवजी महतो र देवनाथ महतोको विभिन्न सामग्री जलेर १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय र चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।









