मनोज यादव/सर्लाही
कार्तिक – २६ जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर -५ भाँडसरमा रहेको इन्सान प्राथमिक विद्यालयका २ सय विद्यार्थीहरुलाई विद्यालय पोशाकको लागि कपडा वितरण गरिएको छ।
भाँडसरका सामाजिक अभियन्ता युवा मनिष कुमार यादवले उक्त विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका २ सय विद्यार्थीहरुलाई विद्यालय पोशाकको लागि एक-एक जोर कपडा वितरण गरेका हुन ।
मनिष यादव स्थानीय अन्जनी खिडहरीका छोरा हुन । मनिषले आफैले खर्च व्यवस्थापन उक्त विद्यालयमा अध्यनरत सबै समुदाय तथा वर्गका विधार्थीहरुलाई कपडा वितरण गरेका विद्यालयका प्राधानाध्यापक जय प्रकाश रजकले जानकारी दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद मेराजुद्दिन मिकरानीको अध्यक्षता,मलंगवा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी साहको प्रमुख आतिथ्यता तथा पूर्व गाविस अध्यक्ष नुरुल मिकरानी,पुर्व गाविस सचिव माधव प्रसाद यादव,असलम रजा,दशै सहनी,राम नन्दन राय लगायत स्थानीय समाजसेवी ,बुद्धिजीवीहरुको उपस्थितिमा एक कार्यक्रमकाे आयोजना गरि मनिषले विद्यार्थीहरुलाई विद्यालय पोशाकको कपडा हस्तान्तरण गरेका हुन ।
कुनै एक वर्ग र समुदायलाई मात्र नभई विद्यालयमा अध्यनरत सबै वर्ग र समुदायका विद्यार्थीहरुलाई समान रुपले विद्यालय पोशाकको कपडा वितरण गरिएको कार्यक्रमका आयोजक तथा सामाजिक अभियन्ता मनिषले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
विकासको मुल आधार शिक्षानै रहेको र आफ्नो बाबुबाजेले पनि यसै क्षेत्रको विकासको लागि विभिन्न कार्यहरु गरेकोले आफु पनि यसै क्षेत्रलाई रोजेको उनले बताए ।
भाँडसर मात्र नभइ मलंगवा नगरपालिकाको १२ वटै वडाको विद्यालयमा यस किसिमका कार्यक्रमहरुको आयोजमा गरि आफ्नो सामर्थ्यले भ्याए सम्म सहयोग गर्दै जाने उनले बताए ।
विद्यालयको शैक्षिक स्तर उकास्नको लागि आवश्यक पर्ने सामाग्रीहरुको लागि सम्बन्धित विद्यालयका प्रअले जुनसुकै बेला पनि आफुसँग सम्पर्क गर्न सक्ने उनको भनाइ छ ।
यसअघि पनि मनिषले भाँडसर कै श्री राम गुलाम जनता माध्यमिक विद्यालयमा अध्यनरत ८ सय भन्दा बढी विद्यार्थीहरुलाई विद्यालय पोसाकको कपडा वितरण गरेका थिए।