सर्लाही,कार्तिक-४ ,मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राीलाई जिल्लाकाे लालबन्दीमा स्वागत गरिएको छ ।
मानवसेवा आश्रमका संस्थापक/ केन्द्रीय अध्यक्ष रामजी अधिकारी वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मासहित ४७ जनाकाे समुहमा रहेको उद्धार यात्राीलाई नेपाल कुशवाहा कल्याण समाज सर्लाहीले स्वागत गरेको हाे ।


कुशवाहा कल्याण समाज सर्लाहीका अध्यक्ष सहितका पदाधिकारीहरू रामचन्द्र सिंह कुशवाहा,समाजसेवी भरत महताे,महेन्द्र महताे, वीरेन्द्र महताे तथा लालबन्दी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष देवीबन्धु थापा जनज्योति बहुमुखी क्याम्पसका पूर्व प्रमुख वीरेन्द्र चाैधरीले उद्धार यात्राीलाई गम्छा ओढाइ फ्रुटी खुवाएर स्वागत गरेका थिए । साे अवसरमा समाजसेवी भरत महताेले मानवसेवा आश्रम हरिवनमा आश्रित मानवहरूलाई आइतवार साँझकाे भाेजनका लागि १० हजार सहयोग गरेका छन् ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु गरिएको हाे ।

मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आइतवार धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका-४ विषहरा चाैकबाट १ जना, क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरबाट ३ जना, मिथिला नगरपालिका-६ बाट १ जना र महाेत्तरीकाे बर्दिबास नगरपालिका-१ बाट १ जना गरि ६ उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक/ केन्द्रीय अध्यक्ष रामजी अधिकारी चियाेचर्चाे खबरलाई जानकारी दिए ।
आइतवार उद्धार गरिएका ३ जना पुरुष र ३ जना महिलालाई आजै मानवसेवा आश्रम जनकपुरधाम सेवाकेन्द्रमा संरक्षणका लागि लगिएकाे छ ।
उद्धार टाेली आईतवार राति हरिवन स्थिति आश्रममा बसि साेमवार दिनभरि सर्लाही र बारा जिल्लाका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे जीवन बाँच्न बाध्य हुनुभएकाहरुकाे उद्धार तथा सेवामा रहने संस्थापक/ केन्द्रीय अध्यक्ष अधिकारीले जानकारी दिए ।


मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
उद्धार यात्रा ३२ दिनसम्म सञ्चालन हुने छ । असोज २६ गते प्रधानमन्त्रीकाे सरकारी कार्यालयबाट सुरू गरिएको थियो । असोज २८ गते देखि उद्धार सेवा सञ्चालन गरी आजसम्म सातौँ उद्धार दिन सम्म आईपुग्दा ७४ जनाको उद्धार भएको छ। जस्मा महिला १८ पुरुष ५६ जना भएको छ।