खोटाङ, कार्तिक —२, गुडिरहेको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दिपक बस्नेतका ८ वर्षका छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो।


जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रतीक बिष्टका अनुसार बिहीबार राति करिब ८ः३० बजेको समयमा बालक गाडीबाट खसेका हुन्। खाल्लेबाट खानीडाँडातर्फ आउँदै गरेको ना १ ज ५७४३ नम्बरको सुमो गाडीबाट हेमन्त खसेको प्रहरीले जनाएको छ ।


प्रहरीले गाडीका चालक गोविन्द कट्वाललाई नियन्त्रणमा लिइएको छ। ​ मृतक बालकको शव हाल जिल्ला अस्पतालको शव गृहमा राखिएको छ।