सर्लाही,असाेज-१७, जिल्लाकाे लालबन्दी नगरपालिका वडा नम्बर- ११, हिरापुरका फेकन महताे सम्पर्क बिहिन भएपछि परिवारजनले खेजिकार्यमा सहयोग गरिदिन अनुरोध गरेका छन्।
६० वर्षीय बृद्धा महताे बुधवार राति ९ बजे बाट सम्पर्क बिहिन भएपछि उनका छाेरा रामविश्वास महताेले खाेजिकार्यमा सहयोग गरिदिन अनुरोध गरेका हुन ।


बृद्धा महताे आफ्नै अर्को घर लालबन्दी -१३ पत्थरकाेटबाट लालबन्दी -११ हिरापुर मा रहेको घर आउने क्रममा गए राति- ९ बजेबाट हराए पछि ईलाका प्रहरी कार्यालय लालबन्दीमा खाेजी गरिदिन भनी निवेदन दिएको उनका छाेरा रामविश्वास महताेले बताए ।
छाेरा रामविश्वासका अनुसार प्रहरीले खाेजिकार्यमा सहयोग गर्ने बताए पनि २४ घण्टा बितिसक्दा पनि बुबा फेकन महताे फेला परेका छैनन् ।


बिहीवार दिउँसो प्रहरी र परिवारका सदस्यले खाेजतलास गर्दा लालबन्दी -१३ बाहुनी खाेलामा हराएका फेकन महताेले चलाउने गरेको साइकल र चप्पल भने, फाेला पारेकाे छाेरा रामविश्वासले चियाेचर्चाे खबरसंग बताए ।
उनले पत्थरकाेटमा रहेको घरमा छिमेकीसंग बाटो सम्बन्धि विवाद रहेको र बुवा हराएको २४ घण्टा भइसक्दा समेत फेला नपरेपछि चिन्ता लागेको बताए ।


उनले बुवाले चलाउने साईकल र चप्पल समेत खाेलामा भेटेपछि झनै चिन्ताले सताएको बताए । छाेरा रामविश्वासले कहीं कतै फेलापरे नजिकैको प्रहरी कार्यालयमा बुझाइदिन अनुरोध गरेका छन् ।
परिवारका सदस्यले निवेदन दिएपछि आफूले मातहतका निकायलाई परिपत्र गरि खाेजतलास कार्यलाई तिब्रता दिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले चियाेचर्चाे खबरकर्मीसंग बताए ।