पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका खेलाडी आदित्यको शव नदिएको भन्दै ,स्थानीयले रानीगञ्जमा गरेकाे चक्काजाम । तस्विर :साैजन्य विशाल थापा

सर्लाही,असोज—१४, पूर्व— पश्चिम राजमार्ग अन्तर्गत रानीगञ्ज सडक खण्डमा सोमवार दिउँसाे २ :३० बाट स्थानीयले चक्काजाम गरेका छन् ।


मकवानपुर पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ खेलाडी मध्ये लालबन्दी—१७ , रानीगञ्जका १३ वार्षिय आदित्य बलम्पाकीको शव अहिले सम्म पनि परिवारले नपाएको भन्दै मृतकका आफन्त र स्थानीयले चक्काजाम गरेका हुन । मृतकका आफन्त शव बुझ्न काठमाडौं पुगेका छन् ।


पीडित परिवारका तर्फबाट दिएको जाहेरी नबुझि एन्फा प्रतिनिधि र प्रहरीले तयारपारेको कागजमा सहिछाप गरेमात्र शव उपलब्ध गराउने भने पछि आफन्तहरु आन्दोलमा उत्रन बाध्य भएको स्थानीय युवा विशल थापाले चियोचचो खबरलाई जानकारी दिए ।
पहिरोमा परि लालबन्दी —१७ का आदित्य बलम्पाखी, हेटौंडा उपमहानगरपालिका–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन र सिस्नेरी टेकरका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य र निजगढका विकल रेग्मीको मृत्यु भएको थियो ।


उनीहरूको शव काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको थियो । मृतक प्रशीक्षार्थी खेलाडीहरु इन्द्रसरोवर गाउँपालिका–३, वत्सलादेवी माविमा एन्फाले राखेको यू–१४ क्याम्प रहेका थिए । त्यहाँ रहेका ४० खेलाडीमध्ये ६ जना पहिरोमा बेपत्ता भएका थिए । करिब ५ घण्टा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा ६ जनाको शव पहिरोले पुरिएको अवस्थामा भेटिएको थियो।


एन्फाले नेपाली सेनासँग समन्वय गरी हेलिकोप्टरमार्फत् शव र ३० खेलाडीलाई काठमाडौं लगेको थियो  ।
चार खेलाडी स्थानीय भएका कारण सिस्नेरीमै छोडिएको थियो । लालबन्दी—१७ रानीगन्जका आदित्य लालबन्दीबाट जिल्ला र प्रदेशको छनौट हुदै, एकेडेमीमा पुग्न सफल भएका थिए । उनको मृत्यु पछि स्थानीय शेकमा छन् ।