सर्लाही,असाेज – १०, लालबन्दीबाट बिहिवार मधेश प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय मधेश भवन पुगेको टोलीले मुख्यमन्त्री सतिस कुमार सिंहलाई नगरको बिकाशकाे सन्दर्भमा ध्यानाकर्षण पत्र बुझाएको छ।
लालबन्दी नगरपालिका का प्रमुख (मेयर) वासुदेव अधिकारीको नेतृत्वमा मुख्यमन्त्री कार्यालय मधेश भवन पुगेको टोलीले जिल्लाको लालबन्दीमा सडक,सिंचाइ,काठमाडौं विश्वविद्यालय, ट्रमा सेन्टर निर्माणका लागि मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सुनकोशी – मरिन डाईभर्सन योजना अन्तर्गत पुरक योजनाको रुपमा सर्लाही लगायत तराई -मधेशका जिल्लाहरुको उत्तरी क्षेत्रहरुमा सिंचाइ तथा खानेपानी सुबिधा बिस्तार, त्रिभुवननगर लालबन्दी बजार हुँदै मरिन छाप जोड्ने सडक र लालबन्दीमा काठमाडौं विश्वविद्यालय विस्तारिकरणका सन्दर्भमा मुख्यमन्त्री सिंहकाे ध्यानाकर्षण गराइएको थियो ।
ध्यानाकर्षण पत्र बुझाउन श्रम तथा यातायात मन्त्री काैशल किशोर राय यादव,लालबन्दी नगरपालिका का प्रमुख (मेयर) वासुदेव अधिकारी ,कांग्रेस नेता सीताराम दहाल, कुबेर आचार्य दिपक अधिकारी,(नापी विज्ञ) नेकपा एमाले नेता बलराम पोखरेल,नेपाल बुद्धिजीवी परिसद्का सल्लाहकार पूर्व शिक्षक राजन प्रसाद तिमल्सिना, प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया,सुरेन्द्र खतिवडा लगायतको सहभागिता रहेको थियो।
ध्यानाकर्षण पत्रलाई गम्भीरतापूर्वक लिएका मुख्यमन्त्री सिंहले त्रिभुवननगर दुम्जा सडक,काठमाडौं विश्वविद्यालय विस्तारिकरण र सुनकोशी – मरिन डाईभर्सन योजनालाई मधेस गाैरवकाे आयोजनाका रूपमा आगामी बजेट मार्फत सम्बाेधन गर्ने बताए।
बिकास निर्माणकाे सन्दर्भमा आफू सकारात्मक रहेकाले ध्यानाकर्षण पत्र कार्यान्वयनमा आफूले पहलकदमी लिने श्रम तथा यातायात मन्त्री काैशल किशोर राय यादवले लालबन्दीबाट पुगेको टाेलिसंग बताए ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सुनिल यादव (जितेन्द्र )ले लालबन्दी नगरपालिकाकाे टाेलिले उठाएको बिकास निर्माणकाे मुद्दालाई आफूले गम्भीरता पुर्वक लिएको बताउदै,पुरक बजेटबाटै मधेस गाैरवकाे आयोजनाकाे रूपमा अघि सार्ने बताए ।
साेही क्रममा प्रदेश स्वास्थ्य मन्त्रालय पुगेको टाेलिले स्वास्थ्य सचिव डा.संजय कुमार ठाकुरसंग भेटघाट गरि लालबन्दी नगर अस्पतालमा बालराेग विशेषज्ञ डाक्टर पठाइदिन आग्रह गरेका थिए ।
स्वास्थ्य सचिव ठाकुरले लालबन्दी नगरपालिकाकाे मागलाई आफूले चाडैं सम्बाेधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।