
सर्लाही,असाेज-३,लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले जिल्लाकाे लालबन्दीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ठुलो संख्यामा यहाँका नागरिकले रक्तदान गरेका छन् ।
संविधान दिवसको अवसर पारेर बिहिवार आज लालबन्दी बजारमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय २१ जनाले रक्तदान गरेका हुन ।

मधेस प्रदेशका जिल्लाहरूमा पछिल्लो समय रगतको अभाव भएको थाहा पाएपछि आफूहरूले नेपाल रेडक्रस साेसाइटी जनकपुरसंग सहकार्य गरि रक्तदान कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका पूर्व प्रेसिडेन्ट माेहन राउतले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
´गिभ ब्लड, सेभ लाईफ´ भन्ने नाराकासाथ आयोजना गरिएको कार्यक्रम लालबन्दी र आसपासका नागरिकले उत्साहजनक सहभागिता जनाएर रक्तदान गरेका लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका प्रेसिडेन्ट सन्तोष आचार्यले जानकारी दिए।

लालबन्दी र छिमेकीका पालिकामा रहेका विभिन्न संघसंस्थासंग सहकार्य गरि रक्तदान कार्यक्रममा सहभागि भएका व्यक्तिलाई फलफूल,प्रमाणपत्र र मायाको चिनाे प्रदान गरिएको पूव प्रेसिडेन्ट राउतले जानकारी दिए ।

आज संकलित रगत नेपाल रेडक्रस साेसाइटी जनकपुर पठाइएको लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले जनाएको छ ।









