
धनुषा, जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष र वडासचिवसहित तीन जना घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र विजय मण्डल रहेका छन् ।

उनीहरुलाई अख्तियारको टोलिले चार लाख ५० हजार घुस रकमसहित पक्राउ गरेको हो । अख्तियारका अनुसार उनीहरूले घर बाटो प्रमाणित गरिदिनका लागि घुस लिएका थिए ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार बर्दिवासबाट खटिएको अख्तियारको टोलीले उनीहरूलाई घुस रकमसहित वडाध्यक्षबाट कार्यकक्षबाट पक्राउ गरेको हो ।
प्रतीकात्मक तस्बिर









