प्रतिकात्मक तस्विर ।

रासस
बारा,भदौ–२५ बाराको बकैया खोलाले बगाएर चार दिनदेखि बेपत्ता भएका रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव आज बिहान फेला परेको छ ।

बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा शव फेला परेको प्रहरीले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–६ जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आएका माझी बकैया–६ जुनाइमा खोला तर्ने क्रममा गएको शुक्रवार बाढीले बगाउँदा बेपत्ता भएका थिए ।