
सर्लाही,भदौ -२१, सर्लाहीको पर्सा गाउँपालिकामा शरिरीक अपाङ्ग भएका बालबालिकालाई सहायक सामग्री वितरण गरिएको छ ।
बागमती सेवा समाज नेपाल हरिवनको आयोजना, प्रेरणा शारीरिक पुर्न स्थापना केन्द्र तथा पर्सा गाउँपालिकाको समन्वयमा शुक्रवार (आज) सहायक सामग्री वितरण गरिएको हाे ।

बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गत पर्सा गाउँपालिका वडा नं. १ देखि ६ सम्म नै शरिरीक अपाङ्ग भएका २१ जना बालबालिकालाई सहायक सामग्री वितरण गरिएको बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले जानकारी दिए ।

शरिरीक अपाङ्ग भएका बालबालिकालाइ ५ लाख ७२ हजार बराबरको ह्वील चेयर, स्याडल, लगायत विभिन्न सामग्री वितरण गरिएको परियोजना संयोजक बाँदेले जानकारी दिए ।










