कृति विमोचनमा सहभागी अतिथिहरु

काठमाण्डौ, फागुन २२, नेपाली गजलका अग्रज पुस्ताका करुण थापा, ज्ञानुवाकर पौडेल, रवि प्राञ्जल, ललिजन रावल, डा. घनश्याम परिश्रमी, गोपाल अश्कलगायतको समुपस्थितिमा सर्लाहीका तीन कृति विमोचित भएका छन् ।
सर्लाहीका ५२ जना गजलकारहरूको १० ÷ १० ओटा गजलहरू समावेश गरिएको “ सर्लाहीका प्रतिनिधि गजलकार “ गजल सङ्ग्रहका साथै खण्डकाव्यकार कुमार दाहाल कुसुमको “ मनु मञ्जरी “ र निपातीकार उत्तम दाहालको “ निपाती त “ नामक तीन कृतिहरू विमोचित भएका हुन् ।
काठमाडौँको डिल्लीबजारस्थित होटल पेन्सन भासनाको प्रेक्षालयमा शनिवार सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सञ्चारकर्मी अच्युत घिमिरे बुलबुलले गरेका थिए ।
प्रेक्षालयमा सर्जकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । गजल कृतिको सम्पादन विवश पौडेल,कुमार कुसुम,कृष्ण दाहाल र गजलकार कवि सुवेदी कञ्जुसले गरेका थिए। गजलकार लिलाराज दाहाल,वसन्त पौडेल, मनोज बख्रेल,जीवन आचार्य,विवेश प्याकुरेललगायत सर्लाहीका थुप्रै गजलकारहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागी गजलकार तथा कवि सुमन घिमिरे अग्रिमले बताए।