प्रतिकात्मक तस्विर ।

खोटाङ,भदौ ११– पोखरीमा डुबेर खोटाङमा एकै घरका दुई बालबालिकाको मृत्यु गएको छ ।
मृत्युहुनेमा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका गयन्द्र राई र ममता राईका ६ वर्षका छोरा सङ्गम राई र साढे २ वर्षकी छोरी समृद्धि राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार उनीहरुको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको हो ।


बालकका दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममताले खोज्दै जाँदा बेलुका ६ बजेतिर पोखरीमा डुबिरहेको अवस्थामा बच्चाहरू फेला परेका थिए । सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका दुवै जनालाई आमाले घर ल्याएका थिए । घरमा ल्याएको केहिवेरमा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।