
राजु तामाङ/ हरिवन
भाद्र- ४,मानवसेवा आश्रम सर्लाही शाखाको अभिभावक परिवार पुनर्गठन भएको छ ।
शाखाको भाद्र ३ गते बसेको अभिभावकहरुको भेलाले समाजसेवी सिताराम पोखरेललाई सर्वसम्मत मानवसेवा आश्रम अभिभावक परिवार सर्लाहीको संयोजक चयन गरेको हो । यस्तै अभिभावक सारदा थापा र विप्लव कार्कीलाई सह-संयोजक चयन गरेको छ ।
१५ सदस्यीय अभिभावक परिवारमा मानवसेवा आश्रम जिल्ला संयोजक अनिवार्य सदस्य सचिव रहने प्रावधान अनुसार मानवसेवा आश्रम सर्लाही जिल्ला संयोजक प्रार्थना मानवसेवा सदस्य सचिव हुनुभएको छ,भने समितिमा १३ जना सदस्य छन् । हरेक सदस्य एक विषयगत समतिको संयोजक हुने प्रावधान बमोजिम १२ विषयगत समिति संयोजक समेत चयन भएको छ ।
विषयगत समितिमा अक्षयकोष प्रवद्र्धन समिति संयोजक डाकुरनाथ खतिवडा, भोजनसेवा प्रवद्र्धन समिति संयोजक लक्ष्मी नेपाल, जिन्सी सामाग्री सहयोग प्रवद्र्धन समिति संयोजक बिष्णु महत , मासिक योगदान प्रवद्र्धन समिति संयोजक सरोज अधिकारी, जनसम्पर्क प्रवद्र्धन समिति संयोजक हरि पुड़ासैनी, तालिम तथा कार्यक्रम समिति संयोजक माधव थापा , खरिद समन्वय समिति संयोजक कर्ण बहादुर खड्का , स्थानीय तह समन्वय समिति संयोजक दुर्गा नारायण श्रेष्ठ् , औषधीउपचार प्रवद्र्धन समिति संयोजक सौर्य प्रताप सिंह, उद्धार तथा पारिवारीक पुनर्मिलन समिति संयोजक सुनीता राई, अभीभवक परिवार सदस्य सुकदेव कार्की चयन हुनुभएको हो ।
आज हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको अध्यक्षता तथा मानवसेवा आश्रमका प्रमुख संस्सापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारीकाे प्रमुख आतिथ्यता बिशेष उपस्थिति मानवसेवा आश्रमका केन्द्रीय उपाध्यक्ष उमा भांडरी केन्द्रिय सदस्य मधेश प्रदेश प्रमुख सुमन बर्तौला केन्द्री सह-कोषा अध्यक्ष सुमरालामाज्यूको उपस्थितिमा बसेको अभिभावक परिवार बैठकले मानवसेवा आश्रम सर्लाही शाखाको अभिभावक परिवार पुनर्गठन गरेको हो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि एवम् मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रम सर्लाही शाखाको स्थापनाकै समयदेखी आश्रमलाई तन, मन र धनको त्रिवेणीबाट योगदान गर्नुहुने सम्पूर्ण अभिभावक परिवार सदस्यहरुलाई धन्यबाद ज्ञापन गर्दै, नवगठित अभिभावक परिवारलाई शुभभावना रादिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन मानवसेवा आश्रमका केन्द्रीय सदस्य एवम् मधेस प्रदेश संयोजक बिवेक महतोले गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा नवगठित अभिभावक परिवारको सहसंयोजक सारधा थापा, बिपल्प कार्की र संयोजक सिताराम पोखरेलले कार्यक्रममै आफ्नो प्रतिवद्धता सहितको मन्तव्य राख्नुभएको थियो ।
मूलतः सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सर्लाही जिल्ला घोषणा गराउन, मानवसेवा आश्रमको सेवा व्यवस्थापनका लागि आवश्यक स्रोत जुटाउन र निर्माणाधिन अवस्थमा रहेको भवननिर्माणलाई पूर्णता दिन यो समिति कृयाशिल रहने छ ।
यस्तै भेलाले १ न. वडा अध्यक्ष टम बाहदूर घिसींङ, ९ न. वडा अध्यक्ष कोकिला नन्द उप्रेती, भरत कार्की, चुडा मनि वाग्ले, तारा पोखरेल लाई मानवसेवा आश्रम सर्लाही शाखाको सल्लाहकार समितिमा मनोनयन गरेको छ।

त्यस्तै मानवसेवा आश्रम हरिवन नगरपालिकाका नगर प्रमुख कमल बुढाथोकी, एवम् नगर उप प्रमुख हरि माया घलान, मा. हरि प्रसाद उप्रेती ,मा. जवाहर कुशवाहा ,सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी , सर्लाही जिल्ला प्रहरी कार्यालय, शस्त्र प्रहरी प्रमुख ,राष्ट्रीय अनुसंधान जिल्ला प्रमुख लाई मानवसेवा आश्रम सर्लाही शाखाको संरक्षक मनोनयन गरेको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनी सडकपेटी एवम् सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारिरीक रुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवम् पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ ।
देशभर सातै प्रदेशको विभिन्न २४ जिल्लामा २४ ओटा सेवोकन्द्रहरुमार्फत मानवसेवा आश्रमले ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ । हाल आश्रमको विभिन्न सेवाकेन्द्रहरुमा १७३० जना सहयोगापेक्षी सडकआश्रित मानवहरु आश्रित छन् ।
मानवसेवा आश्रम कैलाशपूरी-०१ को प्राङगणमा अभिभावक परिवार भेला भएको हाे ।









