
लालबन्दी, भदौ-१, जनज्योति भूतपूर्व विद्यार्थी समाजकाे अध्यक्षमा राजकुमार न्याैपाने चयन भएका छन् ।
लालबन्दीस्थित जनज्योति माध्यमिक विद्यालयमा गठित भूतपूर्व विद्यार्थी समाजकाे दाेस्राे अधिवेशनबाट न्याैपाने अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

सर्वसम्मत चयन समाजका पदाधिकारी हरू

शनिवार (आज) सम्पन्न अधिवेशनले न्यौपाने अध्यक्ष रहने गरी १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हाे।
समितिका अन्य पदाधिकारीहरूमा रमा पौडेल उपाध्यक्ष, क्षितिज श्रेष्ठ महासचिव र चिरन्जिवी खतिवडा कोषाध्यक्ष रहेका छन् ।

त्यस्तै सदस्यहरुमा विकल जर्गा मगर,विपीन भट्टराई, सन्तोष चौलागाईं, राजकुमार सिंह, लक्ष्मी खरेल थपलिया, ज्योति भुजेल, दीपेन्द्र ढकाल, दिनेश घिमिरे र मनोज घिमिरे रहेका छन् ।
समाजका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षता, प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता तथ लालबन्दी नगरपालिकाका प्रमुख (मेयर )बासुदेव अधिकारीको विशिष्ठ आतिथ्यतामा समाजको दाेस्राे अधिवेशन सम्पन्न भएको हो ।









