सर्लाही , असार -२, फुलजोर बाबा साझेदारी वन व्यवस्थापन समुहकाे अध्यक्षमा नेपाली कांग्रेसका विनोद पन्जियार निर्वाचित भएका छन् ।
पन्जियार १६१ मत ल्याएर साझेदारी वनको अध्यक्षमा निर्वाचित भएका  हुन् ।अध्यक्षका अन्य ४ प्रत्यासीहरू विमलेश रायले ६३, रामकिशुन यादवले ५४ र  कांग्रेसकै संस्थापन इतर पक्षबाट चुनावी प्रतिस्पर्धामा रहेका  प्रदीपराज मैनालीले २५ मत र  अर्का उम्मेदवार कमल मैनालीले २ मत प्राप्त गरेका छन् ।


अन्य सदस्यहरुमा पनि कांग्रेसको संस्थापन पक्ष, एमालेका केही   र लोसपा मिलेर बनेको प्यानलनै बिजयी भएका छन् ।
उपाध्यक्षमा र  मधेशी सदस्यमा भने यसअघि नै सुरेन्द्र महतो र गौरीशंकर यादव निर्विरोध निर्वाचित भइसकेका थिए । सुरेन्द्र महतो यस अघिका अध्यक्ष हुन ।
हिजो ईश्वरपुर – ६ स्थित नारायण माध्यमिक विद्यालयमा भएको मतदानबाट निर्वाचित हुने सदस्यहरू मा  आदिवासी जनजाति सदस्य तर्फ चुल्हाई सिंह , महिला सदस्यमा सिकिबती देवी , रीतादेवी घिसिङ र चन्द्रकलादेवी महरा ,दलित सदस्य तर्फ  रामप्रसाद महरा, खुल्ला सदस्य तर्फ  खेमराज राय रामकैलाश राय  जगदिस महतो कोइरी , विजय महतो, मंगलबहादुर भुजेल,वरुण कुमार दाहाल ,लालबाबु साह  र वडा सदस्यमा विष्णुबहादुर कार्की  विजयी भएका छन् ।


जिल्लाको ५ पालिकाका ४७ वडाबाट छानिएका ३२९ जना प्रतिनिधिमध्ये ३२२ जना फुलजाेर बाबा साझेदारी वन व्यवस्थापन समुहको मतदान प्रक्रियामा सहभागी भएका थिए ।निर्वाचनको मत परिणाम गए राति राति ११ बजे  सार्वजनिक गरिएको थियो ।