महोत्तरी, जेठ- ३० ,महोत्तरीमा बोक्सी भन्दै एक महिलालाई कुटपिट गरिएको छ ।
आफूलाई बोक्सी भन्दै कुटपिट गरिएको महोत्तरीको भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारा देवी साहले बताइन् ।
सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरो लगई गालीगलोज र अभद्र व्यवहार गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमा प्रवेश गरेर कुटपिट गरेको घाइते साहको आराेप छ। उनको जनकपुरधाम स्थित काव्या अस्पतालमा उपचार भइरहेको छ ।


कुटपिट गर्ने राजेशको आफन्तका दुई महिनाअघि दुई महिने शिशुको मृत्यु भए पछि जगताराले टुनामुना लगाएको भन्दै बोक्सी भनेर गालीगलोज गर्ने गरेको पारिवारिका एक सदस्यले बताए ।
सोमवार आफ्नो घरमै पसेर गालीगलोज गर्दै, लाती, मुक्काले कुटपिट गरी घाइते बनाएको पीडित  जगतारनको आरोप छ  ।


महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जगतारनमाथि समान्य विवादमा कुटपिट भएको बताए । उनका अनुसार बोक्सी आरोपमा कुटपिट भएको भन्ने जानकारी आएको छैन ।
पीडित उजुरी लिएर आए सोही अनुसार घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउने डिएसपी जयसवारले बताए ।