काठमाडौ,जेठ -१८, नेपाली कांग्रेसले उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकाे सदस्यहरू मनोनयन गरेको छ ।


पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य सीता थपलिया(उर्मिला) प्रमुख रहेको नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा देशका विभिन्न  जिल्लाबाट  १० जनालाई  सदस्य मनोनयन गरेका हुन ।


मनाेनीत सदस्यहरूमा नेपाली कांग्रेस  सर्लाहीका युवा नेता विश्वामित्र  रिजाल, काठमाडौं खगेन्द्र आचार्य, सिराहा अशोक कुमार साह, रौतहट मुकेश गुप्ता, नवलपुर रबि सापकोटा, रामेछाप राम कृष्ण ढुगेल, सखुवासभा बिपिन राइ, कैलाली उपेन्द्र जोशी, दाङ्ग  वसन्त जोशी र  सुर्खेतका लक्ष्मी कार्की रहेका छन् ।