मलंगवा, जेठ -११,सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानहरूबाट छुट्टाछुट्टै मितिमा  अवैध रुपमा भन्सार छली ल्याइएका २१ लाख ४६ हजार २ सय ९५ रूपैयाँ बराबरको समानहरू नियन्त्रणमा लिई भन्सार कार्यालय मलंगवामा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठका अनुसार गस्तीमा खटिएका प्रहरी टोलीले  अवैध रुपमा भन्सार छली गरि भारतबाट नेपाल तर्फ ल्याउँदै गरेका एक जना मानिससहित समानहरू नियन्त्रणमा लिएको हाे ।


प्रहरीले नियन्त्रणमा लिएकाे समानहरूमा विभिन्न किसिमका लत्ताकपडा , किराना आइटम तथा कस्मेटिक सरसमानहरु लगायत रहेका छन् ।


त्यस्तै प्रहरीले भन्सार छलीमा प्रयाेग गरिएका ५ वटा माेटरसाइकल र २ वटा जीप/कार नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको जनाएको छ ।