
सर्लाही,चैत -६ ,जनमत पार्टी सर्लाहीले नेपालमा रहेको वर्तमान व्यवस्था विरुद्ध मंगलवार सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ ।
जनमत पार्टी जिल्ला कार्य समितिको आयोजनामा गरिएको प्रदर्शन सदरमुकाम मलंगवा परिक्रमा गरि मालपोत चौक मा पुगी कोण सभामा परिणत भएकाे थियो ।
कोण सभा कार्यक्रम, जनमत पार्टीको जिल्ला समन्वय समितिको बिस्तारीक बैठक र होलि मिलन कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज श्रीचन यादव (सुजन) ले नौलो गणतन्त्र तथा समाजिक लोकतन्त्रको बारेमा आफ्नो मनतव्य राखेका थिए।

मनतव्यकै क्रममा उनले अहिलेको व्यवस्थाले देश हाक्न नसकिने बताएका थिए । उनले नौलो गणतन्त्र तथा समाजिक लोकतन्त्र कायम गराएर मात्र नेपालमा जन्ता राज आउने सक्ने बताए ।
देशमा व्यापक भ्रष्टाचार मौलाएको, सत्ताको लागि राजनीति, नागरिकलाई राज्यको तर्फबाट शिक्षा, स्वास्थ्यको ग्यारेन्टी नभएको हुदाँ अहिले नौलो गणतन्त्र, समाजिक लोकतन्त्रको आवश्यकता रहेको केन्द्रिय सदस्य यादवले बताए।
उनले नेपालमा प्रत्यक्ष निर्वाचित प्रधान्मन्त्री नभए सम्म देशमा परिवर्तनको कल्पना गर्न नसकिने दावि गरे ।
उनले यो व्यवस्था विरुद्ध अहिले आफुहरु जिल्ला स्तरमा विरोद्धका कार्यक्रम गरिरहेको र जेठ १५ गते काठमाडौंमा विशाल आमसभा गर्ने बताए ।

नौलो गणतन्त्रमा राज्यले लागानीकर्ताको पुँजीको ग्यारेण्टी, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, प्रत्यक्ष निर्वाचित प्रधान्मन्त्री, संवैधानिक निकायका प्रमुख, सर्वोच अदालतको प्रमुख न्याधिश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रत्यक्ष निर्वाचित,जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्माण लगायतका विषयहरुको माग राख्दैँ जनमत पार्टीले देशव्यापी अभियान चलाएको हुदाँ सोही अनुरुप मलंगवा नगरपालिकामा पनि यो अभियान चलाइएको जनमत पार्टीका अर्का केन्द्रिय सदस्य राकेश मिश्राले जानकारी दिए।









