
बागमती,फागुन -३०,नेपाली कांग्रेसका क्रियाशील सदस्यीय एवम् मेचीमहाकाली पैदल यात्री ६९ वर्षीय नित्यानन्द (शर्मा )कडेललाई बुधवार (आज) एक कार्यक्रमका बीच सम्मान गरिएको छ।

पैदल यात्री बागमती नगरपालिका -११ का कडेललाई नेपाली कांग्रेस बागमती नगर समिति,नेपाल तरुण दल बागमती – ११ र बुढ्याैली साहित्य समाज राैतहट सर्लाहीले सयुक्त कार्यक्रम गरि सम्मान गरेको हाे । कार्यक्रममा कडेललाई सम्पन्न -पत्र प्रदान गरिएको थियो ।

पैदल यात्री कडेल भ्रष्टाचार मुक्त समाज निर्माण,स्वदेशी उत्पादनकाे प्रयोग र विदेशी मदिरा निशेध लागि सचेतना जगाउने उद्देश्यले गत कार्तिक ८ गते मेचीमहाकाली पैदल यात्रामा निस्किएका थिए । उनलेे ५२ दिनमा पैदल यात्रा सम्पन्न गरेका हुन ।

नेपाली कांग्रेस बागमती नगर उपसभापति अर्जुन थापाको सभापतित्वमा पशुपति मन्दिर प्राङ्गणमा भएको कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ता तथा स्थानीयकाे उल्लेखनीय सहभागिता रहेको नेपाल तरून दल बागमती -११ का सभापति प्रकाश खत्रीले चियाेचर्चाे खबरलाई जानकारी दिए ।









