
लालबन्दी,फागुन—२५,महा शिवरात्रीको अवसर पारेर लालबन्दी—५ शान्ति टोलमा आज(शुक्रवार) बाट श्रीमद् भागवत् सप्ताह महायज्ञ सुरु गरिएको छ ।
दुर्गा कालीका मन्दिरको पुनर्निर्माण, मन्दिर परिसरमा निर्माण गरिएको भगवान शिव र गणेशको मूर्तिको प्राण प्रतिष्ठा गर्ने उदेश्यका साथ श्रीमद् भागवत् सप्ताह महायज्ञ आयोजना गरिएको दुर्गा काली मन्दीर व्यवस्थापन समितिले जनाएको छ । महायज्ञमा प्रमुख भाष्कर पंण्डित श्री गणेश उपमन्यु ढकालले श्रीमद् भागवत् सप्ताह महापुराणको कथा पाठपारायण गर्नुहुने दुर्गा काली मन्दीर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रकाश तिमल्सिनाले चियोचर्चो खबरलाई जानकरी दिए ।
आज पहिलो दिन मण्डप पूजन कलश यात्रा गरिको छ । सर्यौ श्रद्धालु सहभागि कलश यात्र रन्जितपु र मेजरगंजको बीच भाग भएर बग्ने झिरझिरे खोलाबाट जल लिएर डुमडुमे हुदै मण्डपमा पुगेको थियो । आजै कथा प्रारम्भ गरिने र २६ गते वराह भगवा लिला, २७ गते परीक्षित र कली झाँकी लिला २८ गते नरंिसंह झाँकी लिला, २९ गते कृष्ण जन्मोत्सव, ३० गते रास लिला ÷गोवर्धन पुजा तथा सुदामा चरित्र चैत्र १ गते शिव ताण्डव झाँकी रात्री जागरण, २ गते तिलार्चन, पुर्नाहुती गरि यज्ञ विसर्जन गरिने तिमल्सिनाले जानकारी दिए ।

यज्ञमा हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरुबाट भजन कीर्तन र झाँकी प्रदशर्न गरिने भएकाले महायज्ञमा कथा श्रावण तथा दान पून्यमा सहभागी भई अफ्नो अमुल्य जीवनलाई सार्थक तुल्याउन आयोजकले सम्पूर्ण नगर तथा देश विदेशमा रहेका नेपालीसंग आग्रह गरेको छ ।
दुर्गा कालीका मन्दिरको पुनर्निर्माणका लागि यज्ञमा १ देखि ५ सय सम्मको रकम दान पेटिकामा राखिने, ५०१ देखि १००० सम्म दान दिने दातालाई पण्डित जिबाट टिका प्रसाद प्रदान गरिने १००१ देखि २५०० सम्म दान दिने दातालाई रामनामी ओडाई सम्मान गरिने २५०१ देखि ५००० सम्म दान दिने दातालाई रामनामीका साथ प्रमाण पत्रद्वारा सम्मान गरिने ५००१ देखि रु १०००० सम्म दान दिने दातालाई दोसल्ला आडाई फ्रेममा सम्मान पत्र राखि टिका प्रसादका साथ सम्मान गरिने १०००१ देखि २५००० सम्म दान दिने दातालाई दोसल्ला आडाई एक पुस्ते नाम शिलालेखमा नाम अंकित गरिने २५ हजार देखि ५० हजार सम्म दान दिने दातालाई दुई पुस्ते नाम अंकित गरि बाजागाजको साथ मण्डप परिक्रमाका साथै पण्डित जि को हातबाट टिका प्रसाद प्रदान गरिने र ५० हजार १ देखि १ लाख वा सो भन्दा बढि दान दिने दातालाई तीन पुस्ते नाम ताम्रपत्रमा लेखि बाजागाजको साथ नगर परिक्रमा गरिने कार्यक्रम रहेको तिमल्सिनाले जानकारी दिए ।

लालबन्दी —५ रन्जितपुरका तिर्थ श्रेष्ठले आफ्नो स्वर्गीय मातापिताको स्मृतिमा दुर्गा कालीका मन्दिर परिसरमा शिव भगवानको १० फिट अग्लो मूर्ति निर्माण गराएका छन् । त्यस्तै लालबन्दी —५ शान्ति टोलका प्रकाश तिमल्सिनाले आफ्नो स्वर्गीय पिताको स्मृतिमा मन्दिर परिसरमा ६ फिट अग्लो गणेश भगवानको मूर्ति निर्माण गराएका छन् ।









