
सर्लाही, फागुन -१०,प्रथम लालबन्दी महोत्सवको बिहीवार आज मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले उद्घाटन गरेकी छिन् ।
उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा भएको महोत्सकाे नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशको सहयोग तथा लालबन्दी नगरपालिका संरक्षक रहेको छ।
कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार भन्ने मुल नारा सहित लालबन्दीमा जारी महोत्सव १९ फागुनसम्म सञ्चालन हुने छ।

विभिन्न झाकीसहित लालबन्दीको डुमडुमे मन्दिरबाट सुरु भएको र्याली लालबन्दी महाेत्सव आयोजना स्थल वडा नं. ६ मा रहेको राधाकृष्ण खेलमैदान प्रवेश गरेकाे थियो ।
नेपाल दलीत पञ्चे बाजा समुह, सर्लाही जिल्ला फुटवल संघ र क्युसिन कान कराते लगायत विभिन्न समूहले आ–आफ्नाे प्रस्तुती देखाएका थिए।

उद्घाटन समारोहमा प्रदेश संसद बेची लुङगेली,लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारी ,प्रमुख जिल्ला अधिकारी मोमल प्रसाद धमला , सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
आर्थिक चहलपहल बढाउन,लालबन्दी विकास र परिचयकाे लागी महोत्सव आयोजना गरिएकाे लालबन्दी उद्योग वाणिाज्य संघका अध्यक्ष दीपेन्द्र मकुमार बलम्पाकीले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
उनका अनुसार औधोगिक शान्ती नेपाल र संयुक्त नेपाल मेला महोत्सव गुप प्रा. लि.काे व्यवस्थापनमा महोत्सवमा अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारकाे रहनेछ ।

करिब ७१ लाख लगत अनुमान गरिएको महोत्सवमा झण्डै ५० हजार दर्शकले अवलोकन गर्ने आयाेजककाे अनुमान छ ।
आयाेजकले महोत्सवमा स्थानीय कृषि उपजका स्टलहरूलाई नि:शुल्क गरेको छ । त्यस्तै उद्योग वाणिज्य सङ्घमा आवद्ध रहेका व्यापार व्यवसायलाई सात हजार रुपियाँ र बाहिरका व्यवसायीलाई १२ हजार रुपियाँ शुल्क निर्धारण गरिएको आयाेजकले जनाएको छ।
आयोजकले महोत्सव अवलोकन गर्न आउने शारीरिक अशक्त र ज्येष्ठ नागरिक लाई प्रवेश नि:शुल्क गरिए पनि ,विद्यार्थीलाई ५० रुपियाँ र अन्य सर्वसाधारणलाई ७० रुपियाँ टिकट शुल्क निर्धारण गरेको छ ।
महोत्समा विभिन्न राेटेपिङ लगायतका विभिन्न खेल तमासा रहेका छन् ।









