सर्लाही,पुस-२२,शुक्रवार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शन पश्चात सृजित समस्या समाधान गर्ने सन्दर्भमा छलफल गर्न सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा बसेकाे सराेकावालाहरूकाे बैठक ११ बुदे निर्णय गर्दै सम्पन्न भएको छ ।


मधेश प्रदेश सरकारका अर्थ मन्त्री संजय कुमार यादव, स्वास्थ्य तया जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह , बरहथवा नगरपालिकाका नगर प्रमुख कल्पना कुमारी कटुवाल ,राजनैतिक दलका प्रतिनिधिहरु र सरोकावाला ब्यक्तिहरुको उपस्थितिमा आइतवार साँझ जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठक ११ बुदे निर्णय गर्दै सम्पन्न भएको हाे ।


बैंककले पौष २० गते शुक्रवार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शनका क्रममा बरहथवा नगरपालिका बडा नं. ६ का युवा व्यवसायी जय शंकर साहको असामयिक निधनले प्रति शाेक व्यक्त गरेको छ ।
बैंककले दिवङगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति घैर्य धारण गर्ने शक्ति प्राप्त होस भनि कामना गरेको छ।
त्यस्तै गृह मन्त्रालयद्वारा गठित छानव्रिन समितिलाई सबै पक्षले आ-आफ्नो तर्फबाट घटना सम्बन्धमा स्वतन्त्र निष्पक्ष छानविन गर्न सहयोग गर्ने । पीडितको आश्रित परिवारको १ जना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने ।
प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात कानून वमोजिम प्रक्रिया पुरा गरी नगर अस्पताल मध्रेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने ।
अस्पताल संचालन सम्बन्धमा बरहथवा नगर प्रमुख र मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सहकार्य एवम् छलफलबाट टुंग्याउने ।
अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक जय शंकर साहको शालिक स्थापना गर्ने ।
उच्चोग वाणिज्य संघ बरहथवा सहित पाँच दलीय गठबन्धनले सबै विरोधका कार्यक्रमहरु स्थगित गर्ने र विगतलाई बिर्सी आगामी दिनमा नगरपालिकालाई शान्ति पूर्वक संचालनको लागि सबै पक्षले आ-आफ्नो तह र ‘तप्काबाट सहयोग गर्ने बैंकले निर्णय गरेको छ ।
त्यस्तै मृतकको संम्झनामा निजको नामबाट प्रक्रिया पुर्‍याइ प्रादेशिक अस्पताल बरहथवाको नामाकरण गर्ने । दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउने । मृतकलाई शहिद घोषणा गर्ने प्रक्रियाको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने । आन्दाेलनका क्रममा भएका सार्वजनिक तथा निजी संरचना, सवारी साधन लगायत सम्पत्तिको क्षतिको मूल्यांकन गरी सम्बन्धित निकायबाट क्षतिपूर्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गर्ने । र मृतकको पार्थिव शरीरलाई तत्काल व्यवस्थापन गरी पोस्टमार्टम पश्चात आफन्तलाई बुझाउने बैंककले निर्णय गरेको छ ।


हिजो (शनिवार) जयशंकर साहको मृत्यु भएको विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको थियो ।
(शुक्रवार) भएको झडपमा साहको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा सरकारले छानबिन समिति गठन गरेको छ ।
समितिमा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहनुभएको छ । यस्तै, सरकारले मृतक जयशंकर साहका परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्न पनि निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिन र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ ।
नगर अस्पतालको स्वामित्व विवादमा भएको प्रदर्शनका क्रममा भएको झडपमा परी साहको ज्यान गएको थियो। स्थानीयले गोली हान्ने प्रहरीलाई कारबाही हुनुपर्ने लगायतका माग राखेर आइतवार साँझसम्म शव उठाउन नदिएपछि साहको शव घटनास्थलमै रहेको छ । अझै पनि बरहथवा बजार क्षेत्र छैन , त्यहाँ ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।